Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपले भने-भारत र पाकिस्तासँग खेल्न पाउनु पर्वजस्तै हो

काठमाडौं । एसिया कपका लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान प्रस्थान गरेका छन् । लामिछाने कतार एयरवेजको फ्लाइटबाट सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन् ।

उनलाई बिदाइ गर्न राखेपका सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।पाकिस्तान प्रस्थान गर्ने क्रममा लामिछानेले भारत र पाकिस्तानसँग खेल्नु नेपालका लागि लागि पर्वजस्तै भएको बताए ।

लामिछानेले भने,भारत,'पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको विषय हो । हारजित भन्दा पनि हामीले उहाँहरूबाट धेरै कुरा सिक्न सक्छौं ।'

बलात्कारसम्बन्धी सन्दीपको मुद्दामा आइतवार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि उनी पाकिस्तान जाने बाटो खुलेको हो ।

सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ । एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077