Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसिया कप खेल्न सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् ।

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् ।

सन्दीपलाई विदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नै विमानस्थल पुगेका थिए ।

सन्दीप कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने छन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077