Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफैँ लुकेर अपहरणको नाटक गरेपछि...

मकवानपुर । मकवानपुरमा आफैँ लुकेर अपहरणको नाटक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफैँ लुकिछिपी बसेर अपहरणको बहाना बनाएको आरोपमा प्रहरीले राक्सिराङ–५ का ४६ वर्षीय कुमार प्रजालाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

यही भदौ ३ गते बिहान साढे ११ बजेतिर घरबाट निस्केर परिवारको समेत सम्पर्कमा नआएका प्रजाले आफैँ लुकिछिपी बसेर अपहरणको नाटक गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रजालाई मनहरी गाउँपालिका–४ नयाँ बस्तीमा सूर्यबहादुर प्रजाको घरमा आफैँ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका कुमार र सानुबाबु रुम्बाको बीचमा आर्थिक लेनदेन रहेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077