Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढुसी परेको कोक बेच्नेलाई कम्पनीलाई महानगरले तिरायो डेढ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

अखाद्य पदार्थ बिक्री गरेको आरोपमा सो कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपालमा अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको थियो ।

महानगरका अनुसार सो वितरकबाट गुणस्तरहीन सामान बिक्री भइरहेको र बोतलमा हुने खाद्यान्न राम्रोसँग सिलबन्दी नभएको अनुगमनका क्रममा देखिएको थियो ।

अखाद्य देखिएका पदार्थ बजारमा नपुग्दै फिर्ता ल्याउन र राम्रोसँग चेकजाँच गरेर मात्र खुद्रा पसलमा सामान पठाउन कम्पनीलाई महानगरको निर्देशन छ । उत्पादन कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एकठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077