Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले गरे ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए ।

अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077