Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योग समितिको सभापतिमा जनमतबाट अब्दुल खान उम्मेदवार

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाएको छ ।

समितिको सभापतिको निर्वाचन सोमबार हुँदैछ। सभापति चयनको लागि आज अपरान्ह ४ बजेसम्म मनोनयनको समय राखिएको छ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिका सभापति चयन गर्न निर्वाचन हुन लागेको हो।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार उद्योग समितिको सभापति जनमतले पाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077