Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • सिन्धुलीमा टाउको बिनाको महिलाको शव फेला, टाउको खोज्दै प्रहरी

    सिन्धुलीमा टाउको बिनाको महिलाको शव फेला, टाउको खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 2.4K
    SHARES

    सिन्धुली । सिन्धुलीमा एक महिलाको टाउको बिनाको शव भेटिएको छ । जिल्लाको सुनकोशी गाउँपालिका २ टुपीडाँडास्थित सुनकोशी नदी किनारमा एक महिलाको टाउको बिनाको शव भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कोशी किनारमा महिलाको शव देखेपछि शनिबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अनुमानित ३५/४० वर्षीया महिलाको शव नदीले काभ्रेतिरबाट बगाएर ल्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।



    शवको सनाखत हुन सकेको छैन । पोष्टमार्टमपछि उक्त शव सिन्धुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

    प्रहरीले ती महिलाको हत्या भएको अथवा बाढी तर्ने क्रममा बगाउँदा मृत्यु भएको अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार