Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुलीमा टाउको बिनाको महिलाको शव फेला, टाउको खोज्दै प्रहरी

सिन्धुली । सिन्धुलीमा एक महिलाको टाउको बिनाको शव भेटिएको छ । जिल्लाको सुनकोशी गाउँपालिका २ टुपीडाँडास्थित सुनकोशी नदी किनारमा एक महिलाको टाउको बिनाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कोशी किनारमा महिलाको शव देखेपछि शनिबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अनुमानित ३५/४० वर्षीया महिलाको शव नदीले काभ्रेतिरबाट बगाएर ल्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

शवको सनाखत हुन सकेको छैन । पोष्टमार्टमपछि उक्त शव सिन्धुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

प्रहरीले ती महिलाको हत्या भएको अथवा बाढी तर्ने क्रममा बगाउँदा मृत्यु भएको अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077