Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करी प्रकरण : दावासँग ‘सम्बन्ध’ रहेका नेपाली खोज्न सिआइबीको अरुचि

काठमाडौं । राजश्व अनुसन्धान विभागले गत २१ साउनमा सुन तस्करीको छानबीन र अनुसन्धान गर्ने जिम्मेबारी सिआइबीलाई सुम्पिए पनि त्यसयता यो तस्करीमा संलग्नहरुको थप जालो पत्ता लगाउनेतर्फ सिआइबीको भुमिका निकै सुस्त देखिएको छ ।

सिआइबीले अनुसन्धान गर्ने जिम्मेवारी पाएको २० दिन पुगिसक्दा समेत उसको अनुसन्धानको सूई सुन तस्करीमा पक्राउ परेको चिनियामूलक बेल्जियम नागरिक दावा छिरिङभन्दा माथि पुग्न सकेको छैन । दावासँग ‘सम्बन्ध’ देखिएका नेपाली नागरिकलाई छानबीन गर्नेतर्फ सिआइबीको रुचि नदेखिएको स्रोतको दावी छ ।

स्रोतका अनुसार राजनीतिक दबाव र प्रभावका कारण सिआइबीलाई सुन तस्करी प्रकरणको छानबीनलाई गति दिन कठिन भइरहेको छ । यही माथिको दवाब र प्रभावका कारण सिआइबीले दावाको कल डिटेल्स र इलेक्ट्रिक डिभाइसका बारेमा सूक्ष्म अनुसन्धान गरि दावासँग सम्बन्ध देखिएका नेपालीहरुको बारेमा छानबीन गर्न कुनै रुचि नदेखाएको स्रोतको दावी छ ।

स्रोतका अनुसार चिनियाँ, भारतीय र नेपाली गरि तीनवटा समूहसँग दावाको सम्बन्ध देखिए पनि सिआइबीको अनुसन्धानको तारो भने चिनियाँ समूहमा मात्रै सिमित भएको देखिएको छ ।

सिआइबीले राजश्व अनुसन्धान विभागबाट छानबीनको जिम्मेवारी पाएको २० दिनको अवधिमा ६ जना चिनियाँलाई मात्रै पक्राउ गरेको छ । तर दावासँग नियमित कनेक्सनमा रहेका र उनको सम्पर्कमा रहेका अन्य नेपालीलाई सिआइबीले केहि गर्न सकेको छैन । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077