Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • रास्वपाले संसदीय समिति सभापतिमा उम्मेदवारी दिने

    रास्वपाले संसदीय समिति सभापतिमा उम्मेदवारी दिने

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको हो ।



    प्रतिनिधिसभाका समितिको सभापतिका लागि आइतबार मनोनयन दर्ता र सोमबार निर्वाचन मिति तय गरिएको छ । रास्वपाले ती निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।



    प्रतिनिधिसभाका १० मध्ये एउटा समितिमा मात्रै तीन सांसद छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाबाट डोलप्रसाद अर्याल, असिम शाह र गणेश पराजुली सदस्य छन् ।

    अन्य समितिमा प्रस्ताव वा समर्थक गर्न स्वतन्त्र सांसद तयार भएमा रास्वपाले उम्मेदवार उठाउने बताईएको छ ।

    संसदको चौथो ठूलो दल रास्वपा र पाँचौ ठूलो दल राप्रपालाई संसदीय समितिको नेतृत्व नदिने गरि सत्तारूढ कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्ष एमालेले सहमति गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार