Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासीका युवकको हत्या आरोपमा चितवन र सिरहाका दुईजना पक्राउ

धादिङ । नवलपरासीका एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चितवन र सिरहाका दुई युवकलाई पक्राउ गरेको छ ।

देवचुली नगरपालिका-३ स्थायी घर भई चितवको भरतपुर नगरपालिका-३ बाह्रघरेमा डेरा गरी बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले चितवन र सिराहाका दुई युवकलाई पक्राउ परेको हो ।

उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका(४ का २५ वर्षीय विनय गौतम र सिराहाको धनगढीमाई नगरपालिका(१ का २१ वर्षीय योगेन्द्र साह रहेका प्रहरीले जनाएको छ।

केही दिनअघि रचन धादिङको ताल्ती जंगलमा मृत फेला परेका थिए । उनीहरुविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी धादिङ प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077