Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • विश्वप्रकाश भन्छन् – महरा बाबु छोरामाथि पनि छानबिन गर्नुपर्छ, उच्चस्तरीय आयोग रंगिन टालो हो

    विश्वप्रकाश भन्छन् – महरा बाबु छोरामाथि पनि छानबिन गर्नुपर्छ, उच्चस्तरीय आयोग रंगिन टालो हो

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 951
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन् ।

    बुधवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको हो,’ उनले भने ।



    महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआईबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए । यस्तै उनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरामाथि पनि छानबिन हुनुपर्ने माग गरे ।



    अब हुने अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार