Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दलहरूबीचको सहमतिबारे रक्षामन्त्री खड्काले सदनलाई गराए जानकारी

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद् चलाउन दलहरूबीच भएको सहमति सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको तर्फबाट उपप्रधानमन्त्री खड्काले सदन चलाउन दलहरूबीच भएको दुई बुँदे सहमति सदनलाई जानकारी गराएका हुन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सुरुवातमै समय माग गरेर बोल्दै उनले सदनमा साउन १० गतेबाट जारी अवरोध आजबाट सूचारु भएको जानकारी गराए ।

“संसद्को अवरोध आज खुलेको छ । प्रधानमन्त्रीको पहलमा निरन्तर रूपमा सदन सूचारु गर्न विभिन्न चरणमा संसद्का प्रमुख विपक्षी दलका माननीय नेता, कांग्रेस संसदीय दलका नेतासँग र संसद्मा सबै अन्य दलका नेताहरूसँग विभिन्न चरणमा व्यक्तिगत र सामूहिक रूपमा छलफल संवाद गर्दे सहमतिमा उभिएका छौँ,” उनले भने, “दुई विषयमा सहमति भएको छ । यो पछि अब संसद्ले नेपाली जनताको सरोकार र विषयमा निकास दिँदै जाने वातावरण तयार भएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077