Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज पनि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ।

मंगलबार अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो।

बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि संसद अवरूद्ध गर्दै आएको छ।

उच्चस्तरीय जाँचबुझ आयोग बनाउन सत्ता र प्रतिपक्षी दल सोमबार बेलुकी सहमत भएका थिए।

तर सर्वदलीय बैठकबाट यो निर्णय पारित भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077