Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद खुलाउन शीतल निवासमा सर्वदलीय बैठक जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । पूर्वनिर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज बिहान सबै राजनीतिक दललाई छलफलका लागि शीतल निवास बोलाएका हुन् ।

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद भएको ६० किलो सुनबारे छानबिन गर्न उच्चस्तरीय समिति माग गर्दै प्रतिपक्षी एमालेले साउन १० यता लगातार संसद अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077