Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२ हजार विन्दु तल झर्‍यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा २ हजारको विन्दुबाट तल झरेको हो । आज नेप्से १९९८.२८ को विन्दुमा बन्द भएको छ ।

नेप्से २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको हो । यसअघि २९ जेठमा १९८६.४४ को विन्दुमा बन्द भएको नेप्से ४ भदौ सोमबार २०० को विन्दुबाट तल झरेको छ । यसबीचमा नेप्से ७ साउनमा २२२७.१६ को बिन्दुसम्म पुगेको ओरोला लागेको हो ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएपनि ५० लाखसममको मात्रै जोखिम भार घटेपनि निराश बनेका लगानीकर्ताल १ भदौदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकहरुले थप वृद्धि गरेपछि थप निराश बन्दा नेप्से घटेको हो ।

सोमबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.४० प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १।३३ प्रतिशत, व्यापार उपसूचक १.१७ प्रतिशत र उत्पादनमूलक उपसूचक १.०७ प्रतिशतले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक ०.३५ प्रतिशतले गिरावट भएको हो ।

नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । सोमबार लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम डेढ अर्बबाट तल झरेको छ । २ अर्ब माथिको कारोबार भइरहेको बजारमा गत बुधबारदेखि कारोबार रकम १ अर्बमा झरेको छ ।

लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । गत बुधबार १ अर्ब ६७ करोड र बिहीबार १ अर्ब ५२ करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँमा झरेको थियो । सोमबार थप घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको छ ।

सोमबार नेप्सेमा कुल ३९ हजार ४२५ वटा कारोबारमा ४१ लाख ६३ हजार ८७२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

सोमबार नेप्सेमा शिवम् सिमेन्टको सर्वाधिक ८ करोड २ लाखको कारोबार हुँदा आईएमई लाइफको ५ करोड ८४ लाख र सोल्टी होटलको ५ करोड ७९ लाखको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २२६ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077