Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको बताइएको छ । यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक दलका नेताहरुसँग पछिल्ला दिनमा छलफल गर्दै आएका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि कुराकानी गरेका थिए । राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक आह्वान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077