Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरे र प्रमुख सचेतकबीचको बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकसँगको छलफल विना निष्कर्ष सकिएको छ ।

आइतवार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सत्ता र प्रतिपक्षी दलहरूले आ आफ्नो अडान कायम राखेपछि बैठक विना निष्कर्ष सकिएको हो ।

संसद्को अवरोध खुलाउन सभामुख घिमिरेले आफ्नो कार्यकक्ष सिंहदरबारमा प्रमुख सचेतकहरुलाई बोलाएका थिए । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको हो ।

६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ । सरकारले भने उच्च स्तरीय समिति नबनाउने अडानमा छ ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैछन् । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077