Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१५ वर्षीय बालिकामाथि ९ जनाले गरे सामूहिक बलात्कार, तीन जना पक्राउ

डोल्पा । डोल्पामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

१५ वर्षीय बालिकामाथि ९ जनाविरुद्ध सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।

जसमध्ये पक्राउ पुर्जी जारी गरेर नौ आरोपितमध्ये तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा एक जनालाई मुगुबाट र दुई जनालाई जुम्ला जिल्लाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077