संखुवासभा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्ला कारागार सङ्खुवासभामा भाग्न खोज्ने दुई जना कैदी मृत्यु प्रकरणमा कारागारभित्रै यातना दिएर हत्या गरेको जनाएको छ ।
साउन २४ गते जिल्ला कारागार संखुवासभामा कैद जीवन भुक्तान गरिरहेका विनोद तोलांगी र आकाश बलामीको मृत्यु भएको थियो । उनीहरूको यातनाका कारण मृत्यु भएको निष्कर्षसहितको प्रतिवेदन इन्सेकले बिहीबार सार्वजनिक गरेको हो ।
स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मी सहितको टोलीको अनुगमन पछि तोलांगी र बलामीको कारागारभित्रै कुटपिट गरेर हत्या भएको निष्कर्ष निकालेका छन् ।
सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नु अगावै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययन पछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन्।
मृतक दुईजनाले कारागारबाट भाग्ने प्रयास गरेका थिए । कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरूले बाहिरको ठुलो पर्खाल नाघेर भाग्न नसेपछि यातना पाएर मृत्यु भएको देखिएको इन्सेकले जनाएको छ ।
घटनामा दोषी देखिएको भन्दै प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई प्रहरले नियन्त्रणमा लिएको छ । किटानी जाहेरी परेपछि जेलर राजेन्द्र घिमिरे फरार छन् । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार दुई जना विरुद्ध किटानी जाहेर परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ ।
Leave a Reply