Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दामा पीडित किशोरी र आमाको उमेर अन्तर ९ वर्ष मात्रै !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडित किशोरीकी आमाको जन्ममिति फरक फरक भेटिपछि अदालतले जन्ममिति यकिन गर्न आदेश दिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएका हुन् ।

अदालतले जाहेरवाला पीडितकी आमाको नागरिकतासम्बन्धी कागजात मगाउन आदेश गरेको छ। आजदेखि निरन्तर सुनुवाई गर्ने भनिए पनि पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि लामिछानेको मुद्दामा सुनुवाइ रोकिएको छ ।

अदालतले पीडित किशोरीको आमाको जन्ममिति खुल्ने कागजात मगाउने आदेश दिएको छ ।

कतिपय कागजातमा पीडित भनिएकी किशोरीको उमेर र उनकी आमाको उमेर अन्तर ९ वर्षको मात्रै देखिएको भन्दै सो विषय स्पष्ट हुन आमाको नागरिकता वा जन्ममिति खुल्ने कागजात मगाइएको हो ।

अब पीडित किशोरीको आमाको नागरिकतासम्बन्धी कागजात आएपछि मात्रै उक्त मुद्दामा सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077