Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • पुष्पा टण्डन मृत्यु प्रकरणमा दुई जना पक्राउ

    पुष्पा टण्डन मृत्यु प्रकरणमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३२ साउन २०८०
  • 1.5K
    SHARES

    बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा छिमेकी रन्जित भुसाल र उनकी पत्नी लक्ष्मी भुसाल रहेका छन् । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए ।



    गुल्मी दरबार गाउँपालिकाकी पुष्पा टण्डन छोरा र छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा बस्दै आएकी थिइन् । २७ साउनमा सालझण्डी नजिकै फायरलाइनमा रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको थियो ।



    उनका आफन्तले पुष्पा आफैं झुण्डिएको नभई कसैले हत्या गरेको दाबी गर्दै दोषीलाई कारबाहीको माग राखेर आन्दोलन गर्दै आएका छन् ।

    छिमेकी रञ्जित भुसालले पुष्पासँग १७ लाख रुपैयाँ सापटी लिएका थिए । सोही रकमका कारण घटना भएको हुन सक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार