Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा लामिछानेविरूद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा परेको हो । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो।

त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए। लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।

अन्तिम सुनुवाइ भनिएको यस पेसीमा कुनै फेरबदल नआए आजै लामिछानेको मुद्दाको किनारा लाग्नेछ । लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद नै मुख्य विषय बनेको छ ।

पीडित र वादी नेपाल सरकारका तर्फबाट पीडितको उमेर १८ वर्षभन्दा कम भएको दाबी गरी मुद्दा दर्ता गराएका थिए भने लामिछानेका तर्फबाट वकालत गर्ने अधिवक्ताहरूले पीडित भनिएकीको उमेर १८ वर्ष पूरा भइसकेको दाबी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077