Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुविवाहका फरार प्रतिवादी १० वर्षपछि समातिए

बागलुङ । बहुविवाहका फरार प्रतिवादीलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।

बहुविवाह मुद्दाका दोषी बागलुङको बरेङ गाउँपालिका–३ बस्ने ३३ वर्षीय राज बहादुर सार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सार्कीलाई बागलुङ जिल्ला अदालतबाट २०७० माघ २७ मा बहुविवाह मुद्दामा एक वर्ष ६ महिना कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले सार्कीलाई बागलुङ बजारबाट पक्राउ गरेको बताइएको छ । सार्कीलाई लगत कट्टाको लागि बुधबार नै बागलुङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077