Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को नतिजा चित्त नबुझे १५ दिनभित्र पुनः परीक्षण गराउन सकिने

काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझे पुनर्योग तथा पुनः परीक्षण गर्न पाउने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आफ्नो नतिजामा चित्त नबुझेका परीक्षार्थीले १५ दिनभित्र प्रतिविषय रु ५ सय तिरेर पुनर्योग गराउन पाउने भएका हुन् ।

विद्यार्थीले उत्तर पुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ ।

तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077