Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन प्रकरणबारे माओवादी उपाध्यक्ष महराको प्रश्न - अनुसन्धानका लागि सरकारले बेलाउँदैन त के गर्नु ?

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको आरोप लगाएका छन् ।

दाङमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष महराले आफुबारे सञ्चार माध्यममा गलत प्रचार भएको बताएका हुन् । उपाध्यक्ष महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताए ।

उपाध्यक्ष महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताए।

उपाध्यक्ष महराले भने,‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु?’

उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए ।

त्यसबाहेक उनलाई आफूले नचिनेको उपाध्यक्ष महराको भनाइ छ । उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077