Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको पेट्रोल पम्पमा विष्फोट हुँदा २५ जनाको मृत्यु

एजेन्सी । रुसको एक पेट्रोल पम्पमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् ।

सोमबार राति पौने १० बजे दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ३ जना बालबालिका रहेका छन् भने अस्पताल भर्ना गरिएका घाइतेहरुको संख्या ६६ पुगेको छ ।

विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ भने विष्फोटको कारण खुलाइएको छैन । विस्फोट लगत्तै भएको आगलागीले दर्जनौ सवारी साधन पनि नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077