Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुस्ताङको कागबेनीमा बाढी, प्रहरी चौकी र पुल बगायो

मुस्ताङ । मुस्ताङमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणाधीन पक्की पुल बगाएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको हो ।

मानवीय क्षति भने भएको छैन ।कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको छ ।

कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घर/होटल, प्रहरी चौकी, जोमसोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077