Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • संखुवासभा कैदी मृत्यु प्रकरण : प्रहरी सहायक निरीक्षक पक्राउ, जेलरविरूद्ध पनि पक्राउ पुर्जी

    संखुवासभा कैदी मृत्यु प्रकरण : प्रहरी सहायक निरीक्षक पक्राउ, जेलरविरूद्ध पनि पक्राउ पुर्जी

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    संखुवासभा । जिल्ला कारागार सङ्खुवासभामा दुई कैदीबन्दी मृत्यु भएको घटनामा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालयले असई लक्ष्मी चौधरीलाई पक्राउ गरेको हो ।

    उनलाई जिल्ला अदालत संखुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिइएको संखुवासभा प्रहरीले जनाएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको थियो ।



    जेलर घिमिरेलाई भने पक्राउ गरिएको छैन् । यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।



    गत बुधबार बिहान खाँदबारी नगरपालिका-१ मा रहेको कारागार कार्यालय संखुवासभामा रहेका मादी नगरपालिका-५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामीको उपचारको क्रममा मृत्यु भएको थियो ।

    यता मृतकका आफन्तले दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका छन् । मृतकको शव जिल्ला अस्पतालको शव गृहमा नै रहेको छ । शवको पोस्टमार्टम शनिवार भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार