Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउने काठमाडौं महानगरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाका बेला पानीपुरी, चटपटेलगायत बिक्री गर्न रोक लगाउने तयारी थालेको छ।

बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो।

पानीपुरी, चटपटेजस्ता खानेकुराले हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारी भएको महानगरपालिकाले बताएको छ ।

पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरु झुम्मिने गरेकोले हैजालगायत रोग छिट्टै सर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले  बताए।

उनले बर्खाका बेला यस्ता खानेकुरा बिक्रीमा रोक लगाउनु पर्ने हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077