Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१७ ढल्कुस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा शनिबार दिउँसो उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित प्रहरी वृत्त लैनचौरले पक्राउ गरेको छ ।

त्यस्तै,तनहुँको आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगालेसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077