Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • जंगलमा युवकको शरीर फेला, बिहीबार भेटिएको थियो टाउको

    जंगलमा युवकको शरीर फेला, बिहीबार भेटिएको थियो टाउको

    अनलाइन नेपाल
  • शनिबार, २७ साउन २०८०
  • 1.5K
    SHARES

    सर्लाही । सर्लाहीमा टाउको मात्र फेला परेका युवकको शव फेला परेको छ ।

    बिहिबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित लखन्देही पुलमुनि टाउको फेला परेको युवकको शनिबार लालबन्दी नगरपालिका १७ रानिगन्ज जंगलमा शरीर फेला परेको हो ।



    रानिगन्जस्थित साहेबगन्ज क्रसरतर्फ जाने बाटो नजिक जंगलमा टाउको काटिएको शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बिहीबार बिहान हरिवन नगरपालिका ४ मा भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिशेष राजको टाउको फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार