Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेलाई महामन्त्री शर्माले भने - संसदमा हामी बहस गर्न तयार छौं, आवेगलाई निषेध गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालले आवेगमा संसद अवरुद्ध गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाकवि विद्यापतिकृत कथासंग्रह पुरुष परीक्षा लोकार्पण समारोहमा बोल्दै महामन्त्री शर्माले यस्ता बताएका हुन् ।

उनले प्रतिपक्ष नेकपा एमालेले राजनीतिको मञ्चमा पनि विवेकलाई नै केन्द्रमा राखेर आवेगलाई अलिकति निषेध गरिदिने हो भने भोलि नै अवरुद्ध संसद् सुचारु हुने बताए ।

संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताउँदै उनले प्रतिपक्षले उठाएको गम्भिर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077