Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीआईबीको अपरेशन ‘फोक्सट्रोट चार्ली’ : सुमेरु सिटी अस्पतालकी डाक्टर पुनम पनि पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले डा.पुनम थापा चौधरीलाई पक्राउ गरेको छ ।

सीआईबीको अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत सुमेरु सिटी अस्पतालमा कार्यरत डा.चौधरीलाई पक्राउ गरेको हो ।  उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ ।

[insert page='240483' display='yopanipadhnuhos.php']

बिहीबार पक्राउ पर्नेमा मोरङ–३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनीलकुमार शर्मा, महोत्तरीको पिपरा–८ घर भएका रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.अमित चौधरी, डा.रामबाबु यादव र डा.एरिना शाह रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077