काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ः०१ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । जसका कारण राष्ट्रियसभा बैठक लगातार अवरोध हुँदै आएको छ ।
Leave a Reply