Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा चार चिकित्सक पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तर्गत हालसम्म चारजना चिकित्सक पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् ।

अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए ।

यसअघि आज दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । हालसम्म सांसद शर्मासहित पाँचजना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077