Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को नतिजा अर्को साता सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन गर्ने भएको छ ।

बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो ।

'कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ,' उनले भने, 'आउने साता प्रकाशन गर्नेर्छौँ ।'

अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको उनको भनाई छ । परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थीका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077