Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनको डोजर कपन खोलामाथिको स्ल्याब भत्काउन पुग्दा स्थानीय आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब भत्काउने तयारी गरेको छ ।

काठमाडौं महानगरको वडा नम्बर ‍६ र ७ स्थित खोलामा राखिएको स्ल्याब हटाउने तयारी गरेको हो ।

महानगरले कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि स्थानीय र महानगर प्रहरीबीच विवाद भएको छ ।

महानगरसँग सीमा जोडिएको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध जनाएपछि केहीबेर तनाब उत्पन्न भएको थियो ।

महानगर र स्थानीयबीच तनाब उत्पन्न भएपछि नेपाल प्रहरीले स्ल्याब हटाउनबाट रोकेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अवैध संरचनामाथि आक्रमक बन्दै गएका छन् ।

स्थानीयको आक्रोशबीच महानगरले स्ल्याब हटाउन बल गरेपछि स्थिति थप तनाबग्रस्त हुन नदिन प्रहरीले डोजरको चाबी खोसेको छ ।

प्रहरीले डोजरको चाबी खोसेपछि समर्थन र विरोधमा नाराबाजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077