Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियाली सेनाको शीर्ष जनरल बर्खास्त

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेको छ । सो बर्खास्तीपछि राष्ट्रपति किम जोङले युद्धको सम्भावनाको लागि थप तयारी गर्न निर्देशनसमेत दिएका हुन् ।

जसअनुसार उनले भनेका तयारीहरूमा हतियार उत्पादन प्रवर्द्धन र सैन्य अभ्यासको विस्तार जस्ता कुराहरू आह्वान गरिएको छ ।

किमले केन्द्रीय सैन्य आयोगको बैठकमा उत्तर कोरियाका शत्रुहरूलाई रोक्न बदला लिने उपायहरूबारे छलफल गर्ने क्रममा उक्त जानकारी दिए ।

सेनाका शीर्ष जनरल चिफ अफ द जनरल स्टाफ पाक सु इलको स्थानमा जनरल रि योङ गिललाई मनोनयन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077