Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति लामिछानेको दाबी - क्विन्टल सुन प्रकरणमा उच्च तहको संलग्नता छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक क्विन्टल सुन प्रकरणमा उच्च तहको संलग्नता भएको शङ्का रहेको आरोप लगाएका छन् ।

संसद् निरन्तर अवरोध भएपछि बुधबार संसद् परिसरमा सञ्चारकर्मीसँग बोल्दै यस्तो आरोप लगाएका हुन् । उनले यति ठुलो तस्करीमा सुरक्षा निकाय र सामान्य कर्मचारीको मात्र मिलेमतो नरहेको बताए ।

“सुरक्षा निकायदेखि भन्सारको ठुलो सहभागिता छ। मन्त्रालयस्तरमा कसको सहभागिता छ भन्न सक्दिनँ। यति ठुलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कुरा कहीँ कतै कसै सामु लुकेको छैन,'' उनले भने ।

उनले एकै कम्पनीबाट सम्भवतः नेपालको इतिहासमा सबैभन्दा ठुलो तस्कर भएको बताउँदै यसमा सुरक्षा निकायदेखि भन्सारको ठुलो सहभागिता रहेको कुरा कसै सामु नलुकेको बताए ।

“संसदभित्र नै आफ्नो कुरा राख्ने मन थियो तर संसदभित्र कुरा राख्न नपाएकोले आम नागरिक, संसद् भवनलाई साक्षी राखेर सम्मानित सभामुखलाई यो कुरा राख्न चाहन्छु। नेपाली जनतालाई स्पष्ट पार्नुहोला कुन प्रक्रियामा टेकेर राजस्व अनुसन्धानबाट सीआइबीमा लानुभयो ? यो जानकारी गराउनुहोला,” सभापति लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077