Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

सुनकाण्डबारे वर्षमान पुनले भने - आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन काण्डमा जुनसुकै नेताको संलग्नता देखिए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

उपमहासचिव पुनले एक सय केजी सुन प्रकरणमा पार्टीका कोही पनि नेताको संलग्नता पुष्टि हुने आधार भए कानुनी कठघरामा उभिनुपर्ने बताए।

उपमहासचिव पुनले भने, ‘यदि कुनै पनि तहको नेताले गल्ती गरेको रहेछ र छानबिनले देखाए ऊ जान्छ । तर,आरोप लाग्दैमा कोही पनि अपराधी हुँदैन । आरोप लाग्दैमा हो हो भनेर जानु पनि हुँदैन ।’

उपमहासचिव पुनले सुन तस्करी प्रकरणको छानबिन सीआईबीले गरिरहेको भन्दै प्रहरीको छानबिन सकिएपछि प्रतिपक्षी एमालेले भनेजस्तो विशेष समिति गठन गर्न सकिने विकल्प बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077