Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनुहार नै हेर्न नचाहने नेताहरूले आफ्नो स्वार्थका लागि संसद्‍लाई बन्धक बनाए : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले अनुहार नै हेर्न नचाहने शीर्ष नेताहरूले आफ्नो स्वार्थका लागि संसद्‍लाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद लामिछानेले यस्तो बताएका हुन् । लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताए ।

सांसद लामिछानेले प्रमुख दलका शीर्ष नेताहरूबीच बार्गेनिङका आधारमा संसद्‍ खुलाइएको आरोप लगाए ।

उनले भने, 'एकअर्काको अनुहार पनि हेर्न नचाहने शीर्ष नेताहरू भ्रष्टाचारका काण्ड हुँदा किन बैठक बसिरहनुभएको छ ?  यो बार्गेनिङ रातारात किन गर्न सक्दैनन्, सदन चल्ने बेलामा नै किन गरिन्छ ?'

तीन जना नेताहरु सल्लाह गर्नुपर्ने भए संसदको तोकिएको समय भन्दा पहिले नै छलफल गर्नुपर्ने र तोकिएको समयमा बैठक सुरु हुनैपर्ने उनले बताए ।

अमुक नेता मिल्दा र नमिल्दा संसद चल्ने र नचल्ने निर्णय गर्न नहुने भन्दै उनले संसदमा जनताका कुरामा छलफल हुनुपर्ने बताए । अहिले पनि शीर्ष नेताहरुबीच संसदीय समितिको सभापतिमा भागवण्डा मिलेका कारण नै संसद चलेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077