काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सय किलो सुन बरामद प्रकरणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
सरकारले एउटा पक्षले कमजोरी गर्दा एयरपोर्टबाट सुन बाहिरिए पनि अर्को पक्षले सिनामंगलबाट पक्राउ गर्न सफल भएको उनको भनाई छ ।
सांसद शर्माले भने,‘विमानस्थलनबाट सुन तस्करी गर्नु गम्भीर छ । यो सरकारको एउटा पक्षको कमजोरी हो । तर सरकारको एउटा हातले कमजोर गर्दा अर्को हातले सिनामंगलमा पक्रियो । सय किलो सुन त भेटियो तर ३३ किलोको सुनको एक तोला नभेटी फाइल बन्द भएको छ । यतातिर पनि ध्यान दिएर अनुसन्धान गरेर निष्कर्षमा पुग्नुपर्छ ।’
उनले अहिले १०० किलो सुन त भेटिएको तर ३३ किलो सुनको एक तोला पनि नभेटिई फाइल बन्द भएको बताए।
दर्जनौं समस्या समाधान गर्ने थलो संसदलाई अवरुद्ध गरेर समस्या समाधान नहुने भन्दै जिम्मेवार बन्न उनले प्रतिपक्षीलाई सचेत गराए ।