Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनकाण्डबारे गृहमन्त्री श्रेष्ठले संसदमा जवाफ दिने

काठमाडौं । साउन १० गतेदेखि लगातार अवरोध हुँदै आएको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने भएका छन् ।

गृहमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणका विषयमा जवाफ दिन लागेका हुन् ।

यसअघि छानबिन समिति नबनेसम्म संसद् सञ्चालन गर्न नदिने अडानमा रहेको नेकपा एमाले मंगलबार गृहमन्त्री श्रेष्ठको जवाफ सुन्न तयार भएको छ।

संसद्मा अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका थिए । सांसदहरूले बोलिसकेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन्।

गृहमन्त्री श्रेष्ठले दिएको जवाफलाई हेरेर त्यसपछि संसद चल्न दिने कि नदिने भन्ने निर्णय गर्ने प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बताएको छ। गत साउन २ गते त्रिभुवन विमानस्थलबाट झन्डै १ क्विन्टल सुन बरामद् भएको थियो।

उक्त सुन प्रकरणको छानबिन गर्न एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077