Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लाठी प्रहार गरी आफ्नै आमाको हत्या

सल्यान । सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन् ।

शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा २३ वर्षका नवीन भण्डारीले ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका हुन् ।

मंगलवार बिहान ४ बजेको समयमा एक्कासि आमाबुवा सुत्ने कोठामा गई पैँयाको लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आरोपित छोरा घरमा आमाबुवासँग बस्दै आएका थिए । प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077