Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जिमहलका कर्मचारीलाई धम्की दिने विप्लवका काठमाडौं सेक्रेटरी पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डर त्रास दिई व्यवसाय सञ्चालन गर्न अवरोध गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १७ ठहिटि बस्ने ५२ वर्षीय दिपक मान्नधर रहेको रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई आइतबार दिउँसो दरवारमार्गबाट पक्राउ गरिएको हो ।

उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं सेक्रेटरी रहेको प्रहरीले जनाएको छ । यही साउन १७ गते रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा प्रवेश गरी उनले कर्मचारी तथा जिम गर्दै गरेका व्यक्तिलाई धम्की दिई बाहिर निकाली जिमहल सञ्चालन गर्न नदिने त्रास देखाएका थिए ।

जिमहल सञ्चालन गर्न नदिने भन्दै लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराएपछि परेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको । सोमबार मानन्धरलाई अपराधिक लाभ लिन नहुने सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077