Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा चार देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले लोकबहादुर थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया र ब्राजिलका लागि र राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूतरस्थायी प्रतिनिधि पदमा थापा नियुक्त भएका छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077