Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई उच्च अदालतको झड्का, व्‍यापारिक कम्प्लेक्सले पार्किङ शुल्क लिन पाउने

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका व्यापारिक कम्प्लेक्सहरुलाई ग्राहकसँग पार्किङ शुल्क उठाउन पाउने पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

महानगरको निर्णयविरुद्ध व्यवसायीहरुले दर्ता गरेको रिटमा सोमबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी व्यवस्था गरेको थियो । सो आदेश अनुसार साउन ३० गतेसम्म उक्त निर्णय कार्यान्वयनमा रोक लगाइएको छ । उच्चले उक्त दिन दुवै पक्षलाई छलफलमा बोलाएको छ।

अदालतले काठमाडौं महानगरपालिकाको नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ। उच्चको यो आदेशपछि साउन ३० गतेसम्म काठमाडौंका व्यापारिक भवनहरुले पार्किङ शुल्क उठाउन पाउने भएका छन् ।

उच्चले व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा पार्किङ शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न पनि महानगरपालिकालाई भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077