बागलुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् ।
नाबालक छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बागलुङको निसीखोला गाउँपालिका-४ बडाचौरका विरु विक र श्रीमती सबिना विकलाई पक्राउ गरेको हो ।
बिहीबार राती श्रीमान श्रीमतीबीच विवाद हुँदा दुई महिनाको नाबालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुँईमा बझारिएर घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई शुक्रबार नै पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । जिल्ला अदालत बागलुङमा आइतबार ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर ५ दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान थालेको छ ।
Leave a Reply