Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यालय भवन निर्माणमा विवाद : तीन राउण्ड हवाई फायर

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको एक विद्यालय भवन निर्माणको विषयमा भएको झडपमा परी दुई जना गम्भीर घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ तुल्सियाहीको कोल्हुवास्थित वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन निर्माण गुणस्तरहीन भइरहेको र खर्च पारदर्शी नभएको भन्दै दुई पक्षबीच भएको झडपमा परी ज्ञानेन्द्र यादव र शंकर यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये ज्ञानेन्द्रलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ भने शंकरको उपचार जनकपुरधामस्थित रामजानकी हस्पिटलमा भइरहेको छ ।

स्थानीय केही युवाहरूले विद्यालय भवन निर्माण कमसल र गुणस्तरहीन भइरहेको भन्दै खर्चको हिसाब पारदर्शी गर्न माग गर्दा विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077