Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हाम्रो शक्ति कमजोर होइन, विचार र व्यवहारमा सर्वोत्कृष्ट र्छौं : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्त वैकल्पिक शक्ति बन्ने टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठक समापन गर्दै आइतबार उनले सो कुरा बताएका हुन् । उनले नेकपा एसको शक्ति कमजोर नभएको र सशक्त वैकल्पिक शक्ति बन्ने राम्रो ग्राउन्ड भएको बताए ।

उनले नेकपा एमालेमा विद्रोह गरेर सर्वथा उचित गरेको बताउँदै कम्युनिष्ट आन्दोलनभित्र आफूहरू अगाडि आउन सक्ने बताए।

उनले विचार र व्यवहारका दृष्टिकोणले पनि नेकपा एस सर्वोत्कृष्ट पार्टी भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077